‘मिस एसईई इटहरी’को पाँचौं संस्करण वैशाख पहिलो सातादेखि शुरु हुने — OSNepal

‘मिस एसईई इटहरी’को पाँचौं संस्करण वैशाख पहिलो सातादेखि शुरु हुने

Kesh Karki (USA) April 08, 2025 0

इटहरी । एसईई परीक्षामा सहभागी भएका किशोरीहरूका लागि लक्षित सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रष्फुटन प्रतियोगिता ‘मिस एसईई इटहरी’को पाँचौं संस्करण यही वैशाख पहिलो साताबाट शुरु हुने भएको छ। प्रतियोगिता ओपन स्पेस मिडिया प्रालिको आयोजना तथा व्यवस्थापनमा हुन लागेको हो।

यसअघि सफल रूपमा चार संस्करण सञ्चालन गरिसकेको आयोजक संस्थाले यो संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउने तयारी गरिरहेको छ। प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार, “मिस एसईई” केवल सौन्दर्य प्रदर्शन नभई किशोरीहरूको बौद्धिक र व्यक्तित्व विकासको उत्कृष्ट प्लेटफर्म हो।

प्रतियोगिताको अडिसन इटहरीमै हुने र छनोट भएका सहभागीहरूले एक महिनासम्मको विशेष तालिम लिनेछन्। तालिममा व्यक्तित्व विकास, सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, अभिनय, र्‍याम्प वाक, मेकअप र फोटोग्राफीजस्ता सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ। सबै तालिम अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा हुनेछ।

प्रतियोगिताको अन्त्यमा विजेताले प्लस टु तहसम्मको पूर्ण छात्रवृत्ति तथा विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् भने उपविजेताहरूले पनि विशेष पुरस्कार जित्ने मौका पाउनेछन्।

‘मिस एसईई इटहरी’ले किशोरीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूलाई उज्यालो भविष्यतर्फ डोहोर्याउने विश्वास आयोजकले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर