काठमाडौं – गायक अनिल श्रेष्ठको नयाँ लोकदोहोरी गीत ‘रुन्छे न्याउली चरी’ सार्वजनिक भएको छ। हालै टिकटकमा अत्यधिक रुचाइएको यो गीतले दर्शक तथा श्रोतालाई भावनात्मक रूपमा छोएको छ।
गीतमा लय, शब्द र स्वर स्वयं अनिल श्रेष्ठकै रहेको छ भने उनलाई लोकप्रिय लोकदोहोरी गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन्। गीतको संगीत संयोजन कृष्ण बाजुरालीले गरेका हुन् भने रेकर्डिङ द म्युजिक एरा रेकर्डिङ स्टुडियो, अनामनगरमा गरिएको हो।
गीतको भिडियोमा चर्चित नायिका आयुष्मा कार्की, नायक प्रशान्त खड्का, बाल कलाकार साइना राई, हुक्का काका (मणि राई), प्रिन्स माले, अम्बर श्रेष्ठ र निर्मला श्रेष्ठको अभिनय रहेको छ।
गीतको छायांकन खेम थापाले गरेका हुन् भने निर्देशन तथा सम्पादन राजकुमारले गरेका छन्। मार्मिक कथा, उत्कृष्ट अभिनय र आकर्षक दृश्यले गीतको भिडियो झनै प्रभावशाली बनेको छ।
लोकप्रिय युट्युब च्यानल अनिल श्रेष्ठ अफिसियल बाट सार्वजनिक गरिएको यो गीतले छोटो समयमै निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।