ठगी मुद्दाका फरार अभियुक्त राम कुमार चौलागाई पक्राउ — OSNepal

ठगी मुद्दाका फरार अभियुक्त राम कुमार चौलागाई पक्राउ

Kesh Karki (USA) April 08, 2025 0

काठमाण्डौं, चैत २६ – ठगी मुद्दामा फरार रहेका राम कुमार चौलागाईलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका वडा नं. १ भोटेचौर स्थायी घर भई हाल काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७, दक्षिणढोका बसोबास गर्दै आएका ४३ वर्षीय चौलागाईले हुदै नभएको जग्गा देखाएर एक व्यक्तिलाई सस्तो मूल्यमा घर बनाउन मिल्ने भन्दै रु ४५ लाख ५० हजार ठगी गरेका थिए। उनले वैना कागज गराई उक्त रकम लिए पनि मालपोत कार्यालयको अभिलेखमा सो जग्गा दर्ता नभएको देखिएको छ।

काठमाण्डौं जिल्ला अदालतबाट मिति २०८१ साल चैत २१ गते ठगी सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका चौलागाईलाई चैत २६ गते बिहान गोकर्णेश्वर नगरपालिका वडा नं. ७, दक्षिणढोकाबाट पक्राउ गरिएको हो।

पक्राउ परेपछि उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौं पठाइएको छ।

प्रहरीका अनुसार चौलागाईविरुद्ध यसअघि पनि विभिन्न प्रहरी कार्यालयहरूमा ८ वटा ठगी तथा बैंकिङ कसूरसम्बन्धी मुद्दा दर्ता भएका छन्, जसअन्तर्गत कुल विगो रकम रु १ करोड ७४ लाख ८५ हजार रहेको उल्लेख गरिएको छ।

प्रकाशक:

अंगुर जि.सी.

प्रहरी उपरीक्षक

सम्पर्क: ९८५१२८१२०१

Email: mpcdspokesperson@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर