सांसद ज्ञानेन्द्र शाहीद्वारा बल्खुमा हुने भ्रष्टाचारविरोधी प्रदर्शनमा उपस्थितिको आग्रह — OSNepal

सांसद ज्ञानेन्द्र शाहीद्वारा बल्खुमा हुने भ्रष्टाचारविरोधी प्रदर्शनमा उपस्थितिको आग्रह

Kesh Karki (USA) April 08, 2025 0

काठमाडौं – प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले आज काठमाडौंको बल्खुमा आयोजना हुन लागेको शान्तिपूर्ण भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन देशभक्त सर्वसाधारणहरूलाई आह्वान गर्नुभएको छ।

शाहीले सामाजिक सञ्जालमार्फत कार्यक्रम स्थलको अवलोकन तथा काठमाडौं प्रहरी प्रमुख र सुरक्षाकर्मीहरूसँग समन्वय गरिएको जानकारी दिएका छन्। उहाँले कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण हुनेमा विश्वास व्यक्त गर्दै भ्रष्टाचारविरोधी अभियानमा सबैलाई ऐक्यबद्ध हुन अनुरोध गर्नुभएको छ।

“कार्यक्रम स्थल निरीक्षण गरी सुरक्षासम्बन्धी छलफल सम्पन्न भएको छ। भोलिको कार्यक्रम (आज) शान्तिपूर्ण हुने छ। सम्पूर्ण राष्ट्रवादीहरूलाई भ्रष्टाचारीहरूविरुद्ध बल्खुमा एकजुट हुन हार्दिक अनुरोध गर्दछु,” शाहीले आफ्नो पोस्टमा उल्लेख गर्नुभएको छ।

साँझको समयमा लिइएका तस्बिरहरूमा सांसद शाही प्रहरी अधिकारी तथा स्थानीय नागरिकहरूसँग छलफलमा व्यस्त देखिन्छन्। सामाजिक सञ्जालमा उक्त पोस्टले उल्लेख्य जनसमर्थन पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर