'अमेरिका टुर' डल्लासबाट सुरु, न्यूयोर्क सिटीमा सम्पन्न हुने — OSNepal

‘अमेरिका टुर’ डल्लासबाट सुरु, न्यूयोर्क सिटीमा सम्पन्न हुने

LC (KTM) April 07, 2025 0

लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको संयुक्त प्रस्तुतीमा आयोजना हुने ‘अमेरिका टुर’ अप्रिल ११ मा टेक्सासको डल्लासबाट औपचारिक रूपमा सुरु हुने भएको छ । मे १० मा न्यूयोर्क सिटीमा समापन हुने तय गरिएको यो ‘टुर’ कार्यक्रममा भेक, याबेश बिजेनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने छन् ।

यो सांगीतिक टुरले अमेरिका भरिका प्रमुख सहरहरूमा आफ्ना कार्यक्रम प्रस्तुत गर्नेछ, जसले नेपाली समुदायलाई उत्साहजनक सांस्कृतिक अनुभूति दिने आयोजकहरूको दाबी छ । डल्लासबाट सुरु हुने ‘टुर’ त्यसपछि डल्लास, टेक्सास, कोलोराडो, DMV क्षेत्र (वासिङ्टन डि.सी, म्यारिल्याण्ड, भर्जिनिया), ह्यारिसबर्ग, पेन्सिलभेनिया, एक्रोन, ओहायो, कोलम्बस, ओहायो, न्यूयोर्क सिटी, न्यूयोर्क सहरहरूमा कार्यक्रमहरू हुने भएको छ ।

आयोजकहरूले टुरलाई ‘सांगीतिक तथा सांस्कृतिक उत्सव’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनीहरूको भनाइमा, यो टुरले अमेरिका भरि छरिएर रहेका नेपाली समुदायलाई संगीतमार्फत जोड्ने प्रयास गर्नेछ ।
टुरमा सहभागी हुने सबै दर्शकलाई अविस्मरणीय अनुभवको ग्यारेन्टी आयोजक संस्थाहरूले दिएका छन् । टुरले दक्षिणी क्षेत्रबाट सुरु गर्दै पूर्वी तटसम्मको सांगीतिक यात्रा तय गर्नेछ, जसमा विविध सांगीतिक प्रस्तुतीहरू रहने छन् ।

नेपालबाट आएका कलाकारहरूको सहभागिता, सांस्कृतिक आदानप्रदान, र समुदायसँगको अन्तरक्रियाले यो टुर नेपाली डायस्पोराका लागि विशेष अवसर हुने आयोजकहरूको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर