उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग — OSNepal

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग

LC (KTM) April 07, 2025 0

काठमाडौँ, २५ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)ले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस घटनासँग जोडेर पक्राउ गरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।उक्त पार्टीले आफ्नो विचारको प्रतिरक्षाका निम्ति सबै राष्ट्रवादी र प्रजातन्त्रवादीलाई एकताबद्ध हुन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर