काठमाडौं – सञ्जीवकुमार पौडेलको शब्द, संगीत र स्वरमा सजिएको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ। देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ तथा राजबाबु थापाको रेकर्डिङ रहेको यस गीतले प्रेम र पछुतोको भावनालाई गहिरो रूपमा प्रस्तुत गरेको छ।
गीतको भिडियोलाई निर्देशक विक्रम चौहानले निर्देशन गरेका छन्। भिडियोमा कलाकार वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचर गरिएको छ। प्रकाश खड्का र टिमको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले रंग संयोजन गरेका छन् भने लक्षमण चौहानले सम्पादन गरेका छन्।
गीतमा आफूले माया गरेको व्यक्तिलाई खुशी दिन नसकेको पीडा र आफैँ पनि खुशी हुन नसकेको भाव व्यक्त गरिएको छ। सशक्त शब्द, सुमधुर संगीत र भावपूर्ण स्वरले गीतलाई अझ मार्मिक बनाएको छ। भिडियोलाई पनि गीतको भावसँग मेल खाने गरी भावनात्मक ढंगले निर्माण गरिएको छ।
‘न दिन सके खुशी तिमीलाई’ गीतको भिडियो सञ्जीवकुमार पौडेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। पौडेलका यसअघि प्रकाशित थुप्रै गीतहरू दर्शक तथा श्रोतामाझ लोकप्रिय रहँदै आएका छन्।