काठमाडौं – गायिका मेनुका राईको सुमधुर स्वरमा सजिएको नयाँ डान्सिङ गीत ‘हेलो हाई नमस्कार’ सार्वजनिक गरिएको छ। गीतमा चर्चित गीतकार चन्द्र जयपाल राईका शब्द छन् भने संगीत डि आर अटुले भरेका छन्।
प्रेम र माया मिश्रित भावनालाई समेट्दै तयार पारिएको यो गीत श्रोतामाझ झन्झनिलो ढंगमा प्रस्तुत गरिएको छ। गीतमा मायालु भावनाहरूलाई रमाइलो लयमा पस्कन खोजिएको छ, जसले दर्शक तथा श्रोताको मन जित्ने विश्वास लिइएको छ।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक रहेको छ। यसमा ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका छन् भने सम्पादन राकेश दाहालले गरेका छन्। निर्देशनमा जस बहादुर याक्खा छन् र कोरियोग्राफी पुनम श्रेष्ठले सम्हालेकी छन्।
गीतमा सोनम तामाङ र संजना गुरुङले अभिनय गरेका छन्, जसले भिडियोमा प्रेम र उर्जालाई थप जीवित बनाएका छन्।