नोरा फतेही नेपाल आउँदै, जेठ ३ गते बौद्धमा धमाकेदार प्रस्तुति — OSNepal

नोरा फतेही नेपाल आउँदै, जेठ ३ गते बौद्धमा धमाकेदार प्रस्तुति

Kesh Karki (USA) April 05, 2025 0

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही पहिलोपटक नेपाल आउने भएकी छिन्। जेठ ३ गते (मे १७, २०२५) बौद्ध टुसालस्थित हायात ग्राउण्डमा आयोजना हुने भव्य कार्यक्रममा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा उनी आफ्ना प्रसिद्ध गीतमा प्रस्तुति दिन नेपाल आउँदैछिन्।

कार्यक्रम वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रा.लि.को आयोजनामा र शिक्षा deprivation मा काम गर्दै आएको सामाजिक संस्था ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ आयोजना हुन लागेको हो। कार्यक्रममा नोरा फतेहीसँगै मुम्बईबाट २० जना भन्दा बढी कोरियोग्राफर र डान्सर टोली पनि सहभागी हुने जनाइएको छ।

इभेन्ट म्यानेजर मनिष कार्कीका अनुसार नेपालमा यसअघिका अन्तर्राष्ट्रिय कलाकारहरुको शोहरुभन्दा यो कार्यक्रम अझ भव्य र मनोरञ्जनात्मक हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको टिकट दर २ हजार, ४ हजार, ७ हजार र १६ हजार निर्धारण गरिएको छ। टिकट खल्ती एप मार्फत आइतबारदेखि खरिद गर्न सकिनेछ।

‘नोरा फतेही लाइभ इन नेपाल’ मा नेपाली चर्चित कलाकारहरुको समेत विशेष प्रस्तुति रहने आयोजक देव मगरले जनाएका छन्।

नोरा फतेहीले बलिउडमा दिलबर दिलबर, ओ साकी साकी, कुसु कुसु, नाच मेरी रानी जस्ता सुपरहिट गीतमा दमदार नृत्य प्रस्तुत गरिसकेकी छन्।

कार्यक्रममा इन्टरनेशनल कोअर्डिनेटरको भूमिकामा युद्ध बानियाँ रहनेछन्। आयोजक संस्था नेपाली तथा भारतका सीमावर्ती दर्शकलाई समेत लक्षित गर्दै कार्यक्रममा व्यापक सहभागिता हुने विश्वासमा रहेको छ।

नोरा फतेहीको जादु अब नेपाली स्टेजमा—जेठ ३ गते छुटाउन नहुने अवसर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर