एनआरएनए महाधिवेशनका लागि डेलिगेट आवेदन खुला, आधिकारिक पोर्टलबाट मात्र फारम भर्न आग्रह — OSNepal

एनआरएनए महाधिवेशनका लागि डेलिगेट आवेदन खुला, आधिकारिक पोर्टलबाट मात्र फारम भर्न आग्रह

Kesh Karki (USA) April 05, 2025 0

काठमाडौं – आगामी मे ३ देखि ५, २०२५ सम्म काठमाडौंमा हुने गैर-आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा सहभागिताका लागि डेलिगेट (प्रतिनिधि) आवेदन खुला गरिएको छ।

सर्वोच्च अदालतको परमादेशपछि गठन भएको एनआरएनए उच्चस्तरीय समितिले इच्छुक व्यक्तिहरूलाई समितिको आधिकारिक वेबसाइट www.nrnahlc.com मा गएर डेलिगेट बन्न आवेदन दिन अनुरोध गरेको छ।

समितिकी सदस्य सचिव रविना थापाले “डेलिगेट बन्न आवेदन दिने म्याद २२ अप्रिल २०२५ सम्म मात्र रहेकोले, इच्छुक आवेदकले आधिकारिक पोर्टलमै गएर आवेदन दिनुहोस्,” भन्दै अहिले सामाजिक सञ्जालमा केही व्यक्तिहरूले नक्कली फारमहरू प्रचार गरिरहेकोले त्यसप्रति सचेत रहन आग्रह गरिन्।

उक्त महाधिवेशनमा भाग लिन चाहने एनआरएनए सदस्य नभएका व्यक्तिहरूले भने अप्रिल ७ भित्र सदस्यता आवेदन दिई सक्नु पर्ने व्यवस्था गरिएको समितिले जानकारी गराएको छ।

एनआरएनए उच्चस्तरीय समितिले प्रतिनिधि आवेदन दिनको लागि आधिकारिक लिंक https://nrnahlc.com/delegation-online-registration-form/ मात्र प्रयोग गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर