नयाँ वर्षको उत्सवमा नामी ईभीको ‘न्यु ईयर, न्यु अफर’ तथा देशव्यापी टेस्ट ड्राइभ क्याम्पको घोषणा — OSNepal

नयाँ वर्षको उत्सवमा नामी ईभीको ‘न्यु ईयर, न्यु अफर’ तथा देशव्यापी टेस्ट ड्राइभ क्याम्पको घोषणा

Kesh Karki (USA) April 05, 2025 0

काठमाडौं – नयाँ वर्ष २०८२ को सुरुआतसँगै, नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धी मोटर्स प्रा. लि. ले अप्रिल ५ देखि १२ सम्म सञ्चालन हुने ‘न्यु ईयर, न्यु अफर’ देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ।

एक हप्तासम्म सञ्चालन हुने यो विशेष क्याम्पमार्फत कम्पनीले नामीका बिग ह्याच र फाइभ स्टार लक्जरी ईभीहरूको प्रत्यक्ष अनुभव प्रदान गर्दै ग्राहकहरूको उत्साह अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

यस अफर अन्तर्गत ग्राहकहरूले तोकिएको नामी गाडीको बुकिङ केवल रू. ५.९९ लाख डाउनपेमेन्टबाट गर्न सक्नेछन्। बुकिङ गरेपछि २ कार्य दिनभित्र ग्यारेन्टी सहितको डेलिभरी दिइनेछ भने रू. १ लाखसम्मको आकर्षक लाभ पनि उपलब्ध हुनेछ।

ग्राहकहरूको सुविधा अझ बढाउन, नामीले ८०% सम्मको फाइनान्सिङ सहायता उपलब्ध गराउनेछ, जसले गाडी खरिद प्रक्रियालाई सहज र किफायती बनाउनेछ।

यस कार्यक्रमको अर्को आकर्षण स्वरूप, टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई नि:शुल्क उपहार प्रदान गरिनेछ। सहभागीहरूले अत्याधुनिक प्रविधियुक्त, सुविधासम्पन्न नामी ईभीहरूको रोमाञ्चक अनुभव लिन सक्नेछन्।

यो कार्यक्रमले नामी ईभीको ग्राहकप्रतिको प्रतिबद्धता देखाउँदै नयाँ वर्षको सुरुआतमा नेपाली बजारमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर