एभरेस्ट स्कुल भक्तपुरका ५० साना विद्यार्थी दिक्षित — OSNepal

एभरेस्ट स्कुल भक्तपुरका ५० साना विद्यार्थी दिक्षित

Kesh Karki (USA) April 05, 2025 0

काठमाडौं, नेपाल – भक्तपुरस्थित एभरेस्ट स्कुलका साना बालबालिकाहरू शुक्रबार एक विशेष समारोहका बीच दिक्षित भएका छन्। स्कुलको एसकेजी कक्षामा अध्ययनरत ५० जना नानीबाबुहरूलाई विशेष गाउन र पोशाकमा सजाएर दिक्षा दिइएको हो।

समारोहको अवसरमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले बालबालिकाको आत्मविश्वास अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले नाचगान प्रस्तुत गरेका थिए भने अभिभावकहरूले अभिवादन गर्दै स्वागत गरेका थिए। स्कुल प्रशासनले बालबालिकाको शैक्षिक यात्राको सुरुआतलाई स्मरणीय बनाउन यस्ता दिक्षा कार्यक्रमको आयोजना गरिएको जानकारी दिएको छ।

समारोहले नानीबाबुहरूलाई विद्यालय जीवनप्रति उत्साहित गराएको र अभिभावकहरूमा पनि सकारात्मक प्रतिक्रिया उत्पन्न गरेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर