चितवन – नेपालमा सेरेस र नामी ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले आजदेखि चितवनको भरतपुरस्थित सीएमटी रिसोर्टमा तीन दिने एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु गरेको छ। माघ २१ देखि २३ गतेसम्म सञ्चालन हुने यो क्याम्पले विद्युतीय सवारीको नयाँ युगतर्फ यात्राका इच्छुक ग्राहकहरूलाई लक्षित गर्दै आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी ग्राहकहरूले सेरेस वा नामी ईभीको खरिदमा नि:शुल्क ७ किलोवाट चार्जर प्राप्त गर्न सक्नेछन्। साथै, पुराना सवारी साटासाट गर्दा विशेष एक्सचेन्ज मूल्य र आकर्षक बोनस समेत प्रदान गरिनेछ।
यस क्याम्पमा अन-द-स्पट फाइनान्सिङ सुविधा समेत उपलब्ध गराइएको छ, जसअन्तर्गत ग्राहकहरूले सुलभ ब्याजदरमा आफ्नै नयाँ ईभी घर लैजान सक्नेछन्। कार्यक्रम अवधिभर टेस्ट ड्राइभ गर्ने वा आफ्नो सवारीको मूल्याङ्कन गराउने सहभागीहरूलाई रोमाञ्चक उपहारहरू पनि प्रदान गरिनेछ।
भव्य रूपमा आयोजित यो क्याम्पले सहभागीहरूलाई स्वादिष्ट खानाका स्टलहरू, प्रदर्शनी सवारीहरूको अवलोकन, र नवीन प्रविधिको प्रत्यक्ष अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
विद्युतीय सवारी प्रवर्द्धनतर्फको यस अग्रसरतालाई चितवनमा एक ऐतिहासिक कदमको रूपमा हेरिएको छ।