वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ — OSNepal

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ

Kesh Karki (USA) April 03, 2025 0

काठमाडौं  – बेरोजगार युवायुवतीलाई आकर्षक तलब र राम्रो रोजगारीको प्रलोभन देखाई सर्बिया पठाउने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार, ठगीको आरोपमा भक्तपुरका सुरेश माक पक्राउ परेका हुन्।

पीडितहरूको जाहेरीको आधारमा गरिएको अनुसन्धानपछि माकलाई काठमाडौं महानगरपालिका-६, बौद्ध क्षेत्रबाट पक्राउ गरिएको हो। उनी लामो समयदेखि युवाहरूलाई रोजगारीका लागि सर्बिया लैजाने प्रलोभन देखाएर ठगी गर्दै आएका थिए। तर, पैसा लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।

ठगी विवरण:

• पक्राउ पर्ने व्यक्ति: सुरेश माक (२८)

• स्थायी ठेगाना: भक्तपुर नगरपालिका-५

• हालको बसोबास: कागेश्वरी मनोहरा नगरपालिका-४, काठमाडौं

• ठगी गरिएको रकम: रू. ३२,००,००० (बत्तीस लाख)

• पक्राउ मिति: २०८१ चैत १९

• पक्राउ स्थान: बौद्ध, काठमाडौं

• पीडित संख्या: ५ जना

हाल पक्राउ परेका माकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक अंगुर जी.सी.ले जानकारी दिएका छन्।

प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। यदि कोही व्यक्तिले आकर्षक रोजगारीको आश्वासनमा विदेश पठाउने भन्दै रकम मागेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर