संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम शासन प्रणाली हो : जसपा नेपाल — OSNepal

संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम शासन प्रणाली हो : जसपा नेपाल

Kesh Karki (USA) April 03, 2025 0

काठमाडौं –  समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्र नै सर्वोत्तम शासन प्रणाली भएको बताएका छन्। बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यो प्रणालीले नागरिकलाई विचार अभिव्यक्त गर्ने, सभा-संगठन गर्ने तथा विरोध गर्ने समान अधिकार प्रदान गर्ने भएकाले सबैलाई समेट्न सक्ने बताए।

उनले विगत तीन दशकको कांग्रेस र कम्युनिष्ट शासनले सुशासन, विकास र समृद्धि दिन नसकेको उल्लेख गर्दै त्यसकै कारण जनतामा निराशा र आक्रोश पैदा भएको बताए। उनले भने, “यही असन्तोषको फाइदा उठाउँदै केही प्रतिगामी शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेका छन्।”

बस्नेतले जनआन्दोलन, जनसंघर्ष र जनविद्रोहबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरू हासिल गर्न संघर्ष जारी राख्नुपर्नेमा जोड दिए। जसपा नेपालले गणतन्त्रको संस्थागत स्थायित्व र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर