सिद्धार्थ बैंकका ग्राहकहरुलाई क्यापिटल हस्पिटलमा २०% सम्म छुट — OSNepal

सिद्धार्थ बैंकका ग्राहकहरुलाई क्यापिटल हस्पिटलमा २०% सम्म छुट

Kesh Karki (USA) April 03, 2025 0

काठमाडौं – सिद्धार्थ बैंक र क्यापिटल हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। यस सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले पुतलीसडकस्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंकले यो सहकार्य नगद कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने अभियानलाई प्रवर्द्धन गर्न गरिएको जनाएको छ। बैंकका अनुसार, ग्राहकहरुलाई डिजिटल भुक्तानीमा आकर्षित गर्दै वित्तीय प्रविधिको प्रयोगलाई बढावा दिन यस किसिमका सुविधाहरु थप उपलब्ध गराइने छन्।

ग्राहक सेवा सम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सेवा प्रदान गर्ने ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिन्छ:

• फोन: ०१–५९७००२०

• ईमेल: customercare@sbl.com.np

यसअघि पनि सिद्धार्थ बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीमा आकर्षित गर्न ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा सञ्चालनमा ल्याएको थियो, जसले डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर