नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने — OSNepal

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

LC (KTM) April 01, 2025 0

काठमाडौँ, १९ चैतः सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उहाँलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो । नवनियुक्त सिइओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर