जापानले दिने एष्ट्राजेनेकाको १६ लाख खोपमध्ये आज ४ लाख डोज खोप नेपाल आइपुग्ने — OSNepal

जापानले दिने एष्ट्राजेनेकाको १६ लाख खोपमध्ये आज ४ लाख डोज खोप नेपाल आइपुग्ने

LC (KTM) August 07, 2021 0

काठमाडौं । विश्वका विभिन्न देशबाट नेपालमा खोप आउने क्रम जारी रहेको छ । यसैबिच आज जापानबाट कोरोना बिरुद्धको ४ लाख डोज आज नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत जापानले दिन लागेको १६ लाखमध्ये ४ लाख डोज एष्ट्राजेनेका खोप नेपाल आइपुग्न लागेको हो । मन्त्रालयका अनुसार आज र भोलि गरेर जापानबाट ८ लाख डोज एष्ट्राजेनेका खोप नेपाल आइपुग्छ ।

बाँकी ८ लाख डोज खोप भने अर्को साता मात्रै आइपुग्ने मन्त्रालयले जनाएको छ । यो खोप कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाख ज्येष्ठ नागरिकलाई दिइने मन्त्रालयले जनाएको छ ।

भारतबाट आएको कोभिसिल्डको पहिलो डोज लगाएका जेष्ठ नागरिकहरुलाई भारतले दोस्रो डोज नदिएका कारण खोपको प्रतिक्षामा छन् । यसअघि शुक्रबार भूटानले पनि नेपाललाई ३ लाख डोज एष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर