लेनदेन विवादका कारण युवकको हत्या, ६ जना पक्राउ — OSNepal

लेनदेन विवादका कारण युवकको हत्या, ६ जना पक्राउ

Kesh Karki (USA) March 31, 2025 0

काठमाडौं, चैत १६ – सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

राहुल साह चैत ११ गतेदेखि हराएको भनी बौद्ध प्रहरी वृत्तमा उजुरी दर्ता भएको थियो। खोजीका क्रममा चैत १५ गते गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित आर.के. मोटरसाइकल वर्कसपको पछाडि जमिनमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेन विवादका कारण उनी हत्या गरिएको खुलेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा निम्न ६ जनालाई पक्राउ गरेको छः

1. निपु मण्डल (२२) – सर्लाही स्थायी घर भई हाल गोकर्णेश्वर–५, बाहुनधारा

2. विजय यादव (१८) – गोकर्णेश्वर–६

3. करन कुमार महतो (१८) – गोकर्णेश्वर–६

4. जोधन मण्डल (२३) – सर्लाही स्थायी घर भई हाल गोकर्णेश्वर–५

5. उत्तम मण्डल (४५) – गोकर्णेश्वर–१

6. सुनिल शर्मा (२९) – भारत, बिहार स्थायी घर भई हाल गोकर्णेश्वर–७, दक्षिणढोका

प्रहरीले पक्राउ परेका अभियुक्तहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ।

अनुसन्धान जारी

प्रहरी स्रोतका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार हत्या योजनाबद्ध रूपमा गरिएको देखिएको छ। यस घटनाले काठमाडौं उपत्यकामा बढ्दो आपराधिक गतिविधिप्रति चिन्ता बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर