बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु — OSNepal

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

LC (KTM) March 31, 2025 0

बाजुरा, १८ चैत : बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । उनको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर