पूर्वराष्ट्रपति भण्डारीद्वारा ईदको शुभकामना — OSNepal

पूर्वराष्ट्रपति भण्डारीद्वारा ईदको शुभकामना

LC (KTM) March 31, 2025 0

काठमाडौँ, १८ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना दिनुभएको छ ।सामाजिक सञ्जालमार्फत् पूर्वराष्ट्रपति भण्डारीले ईद पर्वले परिवार तथा समाजमा आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“रमजानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने ईद उल फित्रको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना छ”, पूर्वराष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर