सोमबार सार्वजनिक बिदा — OSNepal

सोमबार सार्वजनिक बिदा

LC (KTM) March 30, 2025 0

काठमाडौँ, १७ चैतः सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले आज एक सूचना जारी गरी यस्तो जानकारी दिनुभएको हो । विसं २०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर