राज्यविरुद्धको मुद्दामा मिश्र र जबरासहित ११ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति — OSNepal

राज्यविरुद्धको मुद्दामा मिश्र र जबरासहित ११ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

LC (KTM) March 30, 2025 0

काठमाडौँ, १७ चैतः जिल्ला अदालत काठमाडौँले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी मर्हजनको इजलासले आज नेता मिश्र र सांसद जबरासहित ११ जनामध्ये १५ गते पक्राउ परेकालाई पाँच दिन र १६ गते पक्राउ परेकालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ अदालतका श्रेस्तेदार तीर्थराज भट्राईले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले ती ११ जनाबाहेक थप ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेस गरेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर