काठमाण्डौं, चैत्र १७, २०८१ – संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारद्वारा आफू नजरबन्दमा राखिएको दाबी गर्दै आफ्नो अनुपस्थितिमा आन्दोलनको नेतृत्व ऋषि जगमान गुरुङले गर्ने घोषणा गरेका छन्।
सुवेदीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनलाई निरन्तरता दिन आवश्यक परेका सबै राजनीतिक दल, संघसंस्था र नागरिक समाजलाई ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।
संयुक्त जनआन्दोलन समिति लामो समयदेखि विभिन्न मागहरू अघि सार्दै आन्दोलनरत छ। सुवेदीको नजरबन्दको खबरपछि आन्दोलन झन् चर्किने संकेत देखिएको छ। आन्दोलनका रणनीति तथा भावी कदमबारे ऋषि जगमान गुरुङले छिट्टै घोषणा गर्ने जनाइएको छ।