गायिका मिलन नेवारको ‘तिमी टाढा छौ’ सार्वजनिक, बाल कलाकार परिनाको डेब्यू — OSNepal

गायिका मिलन नेवारको ‘तिमी टाढा छौ’ सार्वजनिक, बाल कलाकार परिनाको डेब्यू

Kesh Karki (USA) March 30, 2025 0

काठमाडौं । गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ। उनले आफ्नो युट्युब च्यानलमार्फत यसलाई ‘सुनसान रात २, भाग १’ को रूपमा सार्वजनिक गरेकी हुन्।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी, र बाल कलाकार परिना भण्डारी को अभिनय छ। परिनाले यस भिडियोबाट आफ्नो डेब्यू अभिनय गरेकी हुन्।

गीतमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा जानुपरेपछि आउने पीडा प्रस्तुत गरिएको छ। राजुजंग बस्नेत को कथा तथा निर्देशनमा तयार गरिएको भिडियोमा आमा-छोरी र बुवाको सम्बन्धलाई भावनात्मक रूपमा चित्रण गरिएको छ।

गीतको भिडियोमा अमृत सुनुवारको छायांकन, निर्देशक बस्नेतकै सम्पादन, तथा कुनाल कुँवरको कलर ग्रेडिङ रहेको छ। निर्माण पक्षका अनुसार छिट्टै ‘सुनसान रात २ – भाग २’ को ‘बिर्सिदे भन्छ्यौ’ सार्वजनिक गरिनेछ, जसमा ‘तिमी टाढा छौ’ भिडियोमा देखाइएको विछोडको पछाडिको रहस्य उजागर गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement