भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन “आएका एक्लै हौँ हेर्न जगत” सार्वजनिक — OSNepal

भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन “आएका एक्लै हौँ हेर्न जगत” सार्वजनिक

Kesh Karki (USA) March 30, 2025 0

काठमाडौं – चर्चित भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन “आएका एक्लै हौँ हेर्न जगत” सार्वजनिक भएको छ। भजनमा जीवन खतिवडाले शब्द रचना गरेका छन् भने संगीत गायक स्वयं बरालले गरेका छन्। यस भजनलाई राजन कार्कीले एरेन्ज तथा ध्वनि मिश्रण गरेका छन्।

मनिष रञ्जन बरालले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत भजन सार्वजनिक गरेका हुन्। लामो समयदेखि साँगितिक साधनामा सक्रिय बरालका भजनहरू श्रोता-दर्शकमाझ निकै लोकप्रिय छन्। हालै मात्र सार्वजनिक भएको “कहाँ होला बैकुण्ठ भन्ने ठाउँ” बोलको भजनले उल्लेखनीय दर्शक प्रतिक्रिया पाएको थियो।

बरालले दर्जनौँ भजनहरू रेकर्ड गराइसकेका छन्। उनले सन् २०१६ (वि.सं. २०७३) मा आफ्नो पहिलो भजन “कृष्णजीको नामै प्यारो” रेकर्ड गराएका थिए। मधुर आवाजका धनी बरालका भजनहरूले आध्यात्मिक संगीतप्रेमीहरूलाई विशेष रूपमा आकर्षित गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement