धनुषाको निम्नवर्गीय परिवारमा जन्मिएका आशिकले गरे कमाल, एमबिबिएस प्रवेशमा बने सर्वोत्कृष्ट — OSNepal

धनुषाको निम्नवर्गीय परिवारमा जन्मिएका आशिकले गरे कमाल, एमबिबिएस प्रवेशमा बने सर्वोत्कृष्ट

LC (KTM) August 07, 2021 0

काठमाडौँ । ‘हुने बिरुवाको चिल्लो पात’, यो उखान विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थी आशिक झामा लागु भएको छ। चिकित्शा शिक्षा आयोगले बिहीबार राति प्रकाशन गरेको एमबिबिएस प्रवेश परीक्षा नतिजामा झाले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्।

धनुषा जिल्लाको सबैला नगरपालिकामा जन्मेका झा निम्नवर्गीय परिवारका हुन्। सुरुदेखि नै सरकारी स्कुलमा पढ्दै आएका उनले विज्ञान विषय लिएर कक्षा ११ र १२ काठमाडौंको त्रिपुरेश्वस्थित विश्वनिकेतन माविमा अध्ययन गरे।

दुई सय पूर्णांकको एमबिबिएस प्रवेश परीक्षामा झाले एक सय ८६ अंक प्राप्त गरेका छन्। यसबाट सरकारी विद्यालयका विद्यार्थी पनि कमजोर नभएको प्रमाण मिलेको उनका दाजु अम्वेशले बताए। विश्वनिकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले शुक्रबार आशिकलाई अबिर र खादा ओढाएर सम्मान गरे। याे खबर नागरिक दैनिकमा छ ।

सम्मान कार्यक्रममा सहभागी अम्वेशले आशिक सानैदेखि विलक्षण प्रतिभाको रहेको बताए। ‘भाइ सानैदेखि कोर्सका भन्दा विज्ञानका किताब बढी पढ्थ्यो,’ अम्बेशले नागरिकसँग भने, ‘आशिक सानैदेखि हुने बिरुवाको चिल्लो पात भनेझैं थियो।’ सम्मानपछि आशिकले दृढ विश्वास र संकल्प लिएकै कारण लक्ष्यमा सफलता हासिल गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर