दुर्गा प्रसाईंको चुनौती: 'म आत्मसमर्पण गर्छु, तर आन्दोलन रोकिने छैन — OSNepal

दुर्गा प्रसाईंको चुनौती: ‘म आत्मसमर्पण गर्छु, तर आन्दोलन रोकिने छैन

Kesh Karki (USA) March 29, 2025 0

काठमाडौं — आन्दोलनमा नेपाल सरकारले साबिन महर्जनको हत्या गरेको आरोप लगाउँदै आन्दोलनकारी दुर्गा प्रसाईंले फेसबुकमा आक्रोश व्यक्त गरेका छन्। उनले आफ्नो पोष्टमा दिबंगत साबिन महर्जनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारी दमनको निन्दा गरेका छन्।

प्रसाईंले आफूलाई पनि पक्राउ गर्ने तयारी भएको जानकारी दिँदै भने, “हामी वैदिक विधि पूर्वक पूजा-अर्चना गरेर आमाको आशीर्वाद लिएर शान्तिपूर्ण रूपमा कार्यक्रम स्थल पुग्दा अश्रुग्यास प्रहार भइरहेको थियो। यो देखेपछि कुन नेपालीको रगत नउम्लने?” उनले आन्दोलन शान्तिपूर्ण थियो भन्दै सरकारले दमन गरेको आरोप लगाएका छन्।

“हामी तोडफोड गर्न, आगजनी गर्न वा प्रहरी कुट्न गएका थिएनौं। हामी त शान्तिपूर्ण सभामा सहभागी हुन गएका थियौं। दमन किन?” उनले सोधे। उनको दाबी अनुसार, सरकारको दमनले नै अप्रिय अवस्था निम्त्याएको हो र यसको जवाफदेहिता सरकारले लिनुपर्छ।

प्रसाईंले अन्त्यमा चेतावनी दिँदै भने, “मलाई पक्राउ गर्न प्रहरी आईरहन पर्दैन। जहाँ बोलाउनुहुन्छ, त्यही आउँछु। तर म थुनिएर आन्दोलन रोकिदैन, किनभने दुर्गा अब व्यक्ति होइन, विचार हो, अभियान हो।”

यस घटनाले सोशल मिडियामा ठूलो प्रतिक्रिया जनाइएको छ भने सरकारले अहिलेसम्म यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर