‘गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ’:सभापति देउवा — OSNepal

‘गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ’:सभापति देउवा

LC (KTM) March 29, 2025 0

लुम्बिनी (मर्चवार), १६ चैतः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताउनुभएको छ ।लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उहाँले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताउनुभएको हो ।

सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गर्नुभयो । उहाँले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गर्नुभयो । उहाँले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन हुँदैन भन्नुभयो । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर