देशको परिस्थिति चूनौतिपूर्ण बन्दै गएको छ : पूर्ण बस्नेत — OSNepal

देशको परिस्थिति चूनौतिपूर्ण बन्दै गएको छ : पूर्ण बस्नेत

Kesh Karki (USA) March 29, 2025 0

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले देशको राजनीतिक तथा आर्थिक परिस्थिति चूनौतिपूर्ण बन्दै गएको बताएका छन्। बस्नेतले परिवर्तन विरोधी दक्षिणपन्थी तथा यथास्थितिवादी शक्तिहरूको गतिबिधि र सरकारको कार्यशैली, नीति र रवैयाले देशको परिस्थिति निराशाजनक र अन्योलपूर्ण बन्दै गएको बताएका छन्।

“शुक्रबार काठमाण्डौंमा भएको आगजनी, लुटपाट, तोडफोडको घटनाले मुलुकको वर्तमान अवस्थालाई उजागर गरेको छ,” बस्नेतले भने।

संघीयता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा रहेका राजनीतिक शक्तिहरू बीच नयाँ ढंगले सहकार्य र एकता गर्दै अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर