राप्रपाका नेताद्वय मिश्र र राणा पक्राउ — OSNepal

राप्रपाका नेताद्वय मिश्र र राणा पक्राउ

LC (KTM) March 29, 2025 0

काठमाडौँ- प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई पक्राउ गरिएको हो ।

तीनकुनेमा घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ । त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर