काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन सम्बन्धी प्रेस विज्ञप्ति — OSNepal

काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन सम्बन्धी प्रेस विज्ञप्ति

Kesh Karki (USA) March 29, 2025 0

पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरूद्वारा काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शन आयोजना गरिएको थियो। तथापि, प्रदर्शनका क्रममा उनीहरूले निषेधित क्षेत्र उल्लंघन गर्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै चलिरहेको सवारी साधन प्रयोग गरी प्रहरीमाथि आक्रमण गरे। साथै, निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रहरू, यातायातका साधनहरू लगायत विभिन्न स्थानमा हिंसात्मक तोडफोड, आगजनी तथा अन्य अपराधिक घटनाहरू घटाएका छन्।

तीनकुनेस्थित एक घरमा मानिस भएकै अवस्थामा आगजनी गरिँदा एकजनाको मृत्यु समेत भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

यस प्रकारका अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याई कानुन बमोजिम कारबाही गरिने जानकारी गराइन्छ। साथै, घटनामा संलग्न ५१ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको व्यहोरा समेत सूचित गरिन्छ।

मानवीय क्षति

मृत्यु भएका व्यक्तिहरू:

१. सबिन महर्जन (उमेर: करिब २९ वर्ष), काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका–४, गाम्छा निवासी। कोटेश्वरस्थित प्रदर्शनको क्रममा घाइते भई शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका निजलाई ऐ. १६:०५ बजे चिकित्सकहरूले मृत्यु घोषणा गरे।

२. तीनकुनेस्थित मार्बल हाउसमा मृत अवस्थामा एक अज्ञात पुरुषको शव फेला परेको छ।

घाइतेहरूको विवरण:

• नेपाल प्रहरीतर्फ: ५३ जना

• सशस्त्र प्रहरी बल नेपालतर्फ: २२ जना

• प्रदर्शनकारीतर्फ: ३५ जना

भौतिक क्षति

सवारी साधन:

• सरकारी सवारी साधन: ९ वटा

• सरकारी/निजी नखुलेका सवारी साधन: ६ वटा

• जम्मा: १५ वटा

आगजनी भएका स्थान:

१. तीनकुने अन्नपूर्ण कम्प्लेक्स

2. मार्बल हाउस, तीनकुने

3. कोटेश्वर महादेवस्थान

4. कार्गोको कम्पाउन्ड

5. कोटेश्वर गणेश चोक

6. भाटभटेनी नजिक सरकारी गाडी

7. जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र

8. समाजवादी पार्टी कार्यालय

9. बालकुमारीबाट काठमाडौं आउँने करिडोर

10. वानेश्वर पुल पारीपट्टि

11. एयरपोर्टको फोहोर डम्पिङ साइट

12. सिनामंगलस्थित इन्द्रेणी सहकारीको कार्यालय रहेको भवन

13. रोयल रेस्टुरेन्ट, सिनामंगल

14. सिनामंगलस्थित एरोम्याक्सको कार्यालय रहेको भवन

तोडफोड भएका संस्था एवं कार्यालय:

1. अन्नपूर्ण मिडिया हाउस, तीनकुने

2. कान्तिपुर मिडिया हाउस, बानेश्वर

3. केएमसी अस्पताल, सिनामंगल

4. सिनामंगलस्थित डि.आई.ए. अगाडि निर्माणाधीन भवन

5. सिनामंगलस्थित नेपाल प्रहरीले जडान गरेका २ थान सीसीटीभी

6. प्रहरी बिट, सिनामंगल (भत्केको पुल)

7. प्रहरी प्रभाग, कोटेश्वर

8. ट्राफिक प्रहरी प्रभाग, कोटेश्वर

9. समाजवादी पार्टी कार्यालय, बागमती करिडोर

तोडफोड तथा लुटपाट भएका स्थान:

१. काठमाडौं महानगरपालिका–३२, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर