काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको समयावधि लम्ब्याएको छ । यसअघि प्रशासनले शुक्रबार राति १० बजेसम्म कर्फ्यु लागू गरेकोमा स्थिति सहज भइनसकेकाले शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याइएको जनाएको छ ।
यो समयमा काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख छ ।