कोभिड महामारीले ५४ मुलुकमा कति कामदारले गुमाए राजेगारी ? — OSNepal

कोभिड महामारीले ५४ मुलुकमा कति कामदारले गुमाए राजेगारी ?

LC (KTM) August 07, 2021 0

काठमाडौं -विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोभिडका कारण गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ। २९ देशमा रहेका नेपालीले विदेशमा ज्यान गुमाएका हुन्। संघको स्वास्थ्य समितिकाअनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोभिडबाट प्रभावित भएका छन्।

संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ। यसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडमुक्त भइसकेका छन्। विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन्। उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ। स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।

कोभिडकै कारण वैदेशिक रोजगारीको आकार खुम्चिएको छ। पछिल्लो समयमा करिब डेढ लाखको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन्। कोभिड अघिसम्म बर्सेनि करिब ५ लाखको संख्यामा वैदेशिक रोजगारीमा नेपाली जाने गरेका थिए। कोभिडका कारण विदेशबाट रोजगारी गुमाएर फर्किनेको संख्या ५ लाख नाघेको छ। नेपालमा रोजगारीको अवसर सिर्जना गर्न ध्यान नदिइएकाले थप बेरोजगारको समस्या निम्तिएको छ।

नेपालमै स्वरोजगार रहेका १६ लाखभन्दा बढीले रोजगारी गुमाउन बाध्य भएका छन्। नेपालसहित गन्तव्य मुलुकमा कोभिडको जोखिम दर कायमै छ। मलेसियामा मात्रै एक सातामा ३७ जनाको ज्यान गएको छ। पछिल्लो समयमा इराक र युगान्डामा पनि कोभिडको जोखिम बढेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

पछिल्लो साता ती मुलुकहरूमा एक÷एक जना नेपाली कामदारको निधन भएको छ। गन्तव्य मुलुकले अझै विदेशी कामदारको माग गरेका छैनन्। कोभिडविरुद्धको खोप लगाइसकेकाको हकमा प्रवेश गर्न दिने व्यवस्थाका कारण केही संख्यामा नेपाली कामदार गन्तव्य मुलुकमा जान थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर