गणतन्त्रवादी र राजावादीकाे प्रदर्शन : काठमाण्डाै उपत्यकाको सुरक्षा व्यवस्था चुस्त — OSNepal

गणतन्त्रवादी र राजावादीकाे प्रदर्शन : काठमाण्डाै उपत्यकाको सुरक्षा व्यवस्था चुस्त

LC (KTM) March 28, 2025 0

काठमाडौँ, १५ चैतः सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले राससलाई जानकारी दिनुभयो । उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उहाँले बताउनुभयो ।

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ । त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् । दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर