पहिलोपटक बैतडीको मटेला विओपीसम्म पुग्यो सडक, सशस्त्र प्रहरीलाई सहज — OSNepal

पहिलोपटक बैतडीको मटेला विओपीसम्म पुग्यो सडक, सशस्त्र प्रहरीलाई सहज

LC (KTM) March 28, 2025 0

बैतडी-नेपाल–भारत सीमा क्षेत्र शिवनाथ गाउँपालिका–१ मटेला पहिलोपटक सडक सञ्जालले जोडिएको छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)लाई लक्षित गर्दै सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट सशस्त्र प्रहरी बल नेपालको बिओपीसम्म एक हजार एक सय मिटर कच्ची सडक निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “सशस्त्रको बिओपीसम्म सडक पूर्वाधारको पहुँच पुर्याउन सडक निर्माण गरिएको हो । यसले अन्य गाउँका बासिन्दालाई पनि सहज हुनेछ ।”

सङ्घीय समपूरक अनुदान कार्यक्रममार्फत सडक निर्माणको ठेक्का सम्झौता गरिएको हो । शिवनाथ गाउँपालिका र सङ्घीय सरकारको लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ । आधा बजेट गाउँपालिकाको र आधा सङ्घीय सरकारमार्फत गरेर रु एक करोडमा ठेक्का सम्झौता गरिएको हो ।

बिओपीसम्म सडक सञ्जाल पुगेसँगै सशस्त्र प्रहरीलाई पनि सहज भएको छ । सडक नहुँदा खाद्यान्नलगायत सामग्री सिमल चौतारीबाट बोकेरै ल्याउने गरेकामा अब भने सहज भएको बिओपीका प्रमुख, सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशजैशी ढकालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा गरिएको ठेक्का सम्झौतामा सुर्नयागाड, रत्याल, जोलापानी, पौँखर, बगार, दुबला, स्वाल, गाउँसल्ला हुँदै कुस्माउतघाटलगायत ठाउँमा रोड निर्माण गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर