शुभाङ्गी सिंह खड्काको ‘घामपानी घामपानी’ मा नायिका बर्षा राउत — OSNepal

शुभाङ्गी सिंह खड्काको ‘घामपानी घामपानी’ मा नायिका बर्षा राउत

LC (KTM) March 27, 2025 0

काठमाडौँ । गायिका समिक्षा अधिकारी र नव बालगायिका शुभाङ्गी सिंह खड्काको ‘घामपानी घामपानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिउको छ । जसमा प्रकाश सापकोटाको शब्द छ भने आर.एण्ड बि.को संगीत रहेको छ ।

गीतको भिडिओमा नायिका बर्षा राउतसँगै गायिका शुभाङ्गीले अभिनय गरेका छन् । भिडिओलाई आशिष गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको टिमले खिचेको हो । सन्जय विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

शुभाङ्गी कल्चर क्रिएसनको युट्युव च्यानलमार्फत सार्वजनिक भिडिओमा सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । शुभाङ्गी उदाउँदै गरेकी नव प्रतिभा हुन् । उनको गायकीलाई सामाजिक सन्जालमा धेरैले रुचाएका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर