२ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन जुवा (सट्टेबाजी) खेल्ने/खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने ११ जना भारतीय नागरिकहरू पक्राउ परेका छन्।
मिति २०८१।१२।१२ गते अन्दाजी १७:१५ बजेको समयमा काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका वडा नं. ३, देउला टोलस्थित एक घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा (सट्टेबाजी) खेल्ने/खेलाउने कार्य गरिरहेको सूचना प्राप्त भएपछि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले तल उल्लेखित व्यक्तिहरूलाई निम्न दसीका सामानहरूसहित अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लियो। प्रारम्भिक अनुसन्धान गर्दा निजहरूले २ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुने गरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने/खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार समेत गरेको देखियो। निजहरूलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति प्राप्त गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका प्रतिवादीहरू:
- देश भारत, राजस्थान प्रदेश, जयपुर जिल्ला घर भई हाल काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका वडा नं. ३, देउला टोल बस्ने वर्ष २४ को सनी मिणा,
- देश भारत, राजस्थान प्रदेश, आलुवा जिल्ला घर भई सोही ठाउँ बस्ने वर्ष २५ को मोहित वर्मा,
- देश भारत, राजस्थान प्रदेश, शिक्कर जिल्ला घर भई सोही ठाउँ बस्ने वर्ष २६ को पिउस भारद्वाज,
- देश भारत, राजस्थान प्रदेश, जयपुर जिल्ला घर भई सोही ठाउँ बस्ने वर्ष २५ को हरकेश डडैया,
- सोही ठाउँ घर भई सोही ठाउँ बस्ने वर्ष २२ को निशान्त भारद्वाज,
- सोही ठाउँ घर भई सोही ठाउँ बस्ने वर्ष २३ को आकाश वर्मा,
- सोही ठाउँ घर भई सोही ठाउँ बस्ने वर्ष १९ को अंकित कुमार सैनी,
- सोही ठाउँ घर भई सोही ठाउँ बस्ने वर्ष २३ को सन्जु शाकला,
- सोही ठाउँ घर भई सोही ठाउँ बस्ने वर्ष २८ को रामसिंह जाठ,
- सोही ठाउँ घर भई सोही ठाउँ बस्ने वर्ष १९ को लोकेश कुमार,
- सोही ठाउँ घर भई सोही ठाउँ बस्ने वर्ष १९ को विकास कुमार।
बरामद दसी:
- विभिन्न कम्पनीका मोबाइल फोन – ३४ थान,
- विभिन्न कम्पनीका ल्यापटप – ५ थान,
- हिसाबकिताबको अभिलेख राखिएको नोटबुक (कापी) – ४ थान,
- भारतीय बैंक खाताको चेकबुक – १४ थान,
- भारतीय एटीएम कार्ड – २७ थान,
- भारतीय सिमकार्ड – ४० थान।