आर्टिष्ट खबरकर्मी गोपिकृष्ण राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्डबाट सम्मानित — OSNepal

आर्टिष्ट खबरकर्मी गोपिकृष्ण राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्डबाट सम्मानित

LC (KTM) March 27, 2025 0

काठमाडौं । आर्टिष्ट खबर डटकमका पत्रकार गोपिकृष्ण चापागाईंलाई राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड २०८१ प्रदान गरिएको छ । बुधबार (चैत १३) आयोजीत दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१मा चापागाईंलाई रंग पत्रकारितामा दिएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । समारोहमा प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगर लगायतका अतिथिबाट अवार्ड ग्रहण गर्नुभयो । अवार्ड न्युज एक्प्रेस मिडिया प्रा.ली.ले आयोजना गर्दै आएको छ ।

पत्रकार चापागाईंले एकदशक देखी रंग पत्रकारिता गर्दै आउनुभएको छ । उहाँले गृहजिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा रहेका रेडियोसँगै देवचुली टेलिभिजनमा समाचार वाचनसँगै काठमाडौंमा रहेर हिमालय टाइम्स राष्ट्रिय दैनिक, हिमालय टेलिभिजनमा पनि काम गरिसक्नुभएको छ । साथै उहाँले सन् २०१५ देखी नै आर्टिष्ट खबरको प्रकाशक तथा सम्पादकको जिम्मेवारी निभाइरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement