गोर्खा सत्याग्रहले रिले अनशनबाट आमरण अनशन गर्ने — OSNepal

गोर्खा सत्याग्रहले रिले अनशनबाट आमरण अनशन गर्ने

LC (KTM) August 07, 2021 0

सुरेन्द्र इङ्नाम – केन्ट, लण्डन ।गत ५ अगस्ट २०२१ बिहिवार साँझ ७:३० बजे गोर्खा सत्याग्रह संघर्ष समितिले जूम मार्फत पत्रकार सम्मेलन गर्दै १८ दिने रिले अनशन बाट आमरण अनशन गर्ने निर्णय गरेको हो ।

गोर्खा सत्याग्रह संघर्ष समितिले १३ बुदे मागहरु लिएर पहिलो आमरण अनशन सन २०१३ नोभेम्बर ७ तारिख बाट रिले अनशन सुरु गरेर अनवरत रुपले बसि ब्रिटिस सरकारलाई दवाव दिई रहेपछि सोहि महिनाको २१ तारिखको दिन ब्रिटिस सरकारले संसदीय अनुसन्धान समुह गठन गर्ने र अनुसन्धान सुरु गर्ने भन्ने बचन दिएपछि ब्रिटिस अभिनेत्री तथा गोर्खा सत्याग्रह संघर्ष समितिका सहयोगी जोवाना लुम्लेले संघर्ष समितिका अगुवाई अनशनमा बसिरहेका ज्ञानराज राईलाई जुस पिलाएर अनशन तोडेका थिए ।

९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिको मर्म र भावना अनुसार विभिन्न तह र तप्काका अवस्थाका गोर्खालीहरुले न्याय र ब्रिटिस सैनिकहरु सो सरह समान अधिकार पाउनु पर्ने माग गर्दै १३ बुदे मागहरु राखेका थिए जस्माः ब्रिटिस सैनिकहरु जस्तै समान पेन्शन, रिटन्डेन्ट (अनावश्यक नाम कट्टा गरिएका) हरुलाई क्षतिपूर्ति, गोर्खाली विधवा महिलाहरुलाई पनि ब्रिटिस सैनिक महिलाहरु सो सरह समान ब्याबहार, मरि सकेका रिटायर्ड सैनिकका छोरा छोरीहरुले तिन्का बाबा–आमाले पाउने क्षतिपूर्तिहरु छोरा छोरीहरुले पाउनु पर्ने, बेलायतमा नोकरी गरेपछि ब्रिटिस सो सरह ईस्टेट पेन्शन पाउनु पर्ने, रिटायर्ड गोर्खाका छोरा छोरीहरुले बेलायत आउन चाहेमा कुनैपनि मुद्धा मामला गर्न नपरि र उमेरको हदबन्दी नराखि भिषा निशुल्क गरि बेलायत आउन पाउनु पर्ने, बेलायत सेनामा भर्ति हुदा न्यूनतम ४ वर्षको सम्झौता हुदा हुदै सो ४ वर्ष पुरा गर्न नदिई नेपाल फर्काइएकाहरुलाई क्षतिपूर्ति तथा बेलायत आउनु पाउनु पर्ने, बेलायती सेनामा नोकरी गर्दा थोरै तलब पेन्शन पनि थोरै र १५ वर्षको नोकरीको दौडनामा करिब ३ वर्ष मात्र आफ्नो परिवार सँग बस्न पाएकोले यस बापत क्षतिपूर्ति पाउनु पर्ने, हवाई काण्डमा परेका सैनिकहरुलाई अवैध तरिकाले केहि पौदार नदिई नेपाल पठाईएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने, अवकास प्राप्त जो नेपालमा बस्दा अवकास प्राप्त ईन्डियन सिपाहिहरुले जस्तै स्वास्थ्य उपचार निःशुल्क पाउनु पर्ने, विगतका यूद्धहरुमा जतिपनि गोर्खाली सिपाहिहरु मरे, बेलायती सैनिकहरुले जतिनै क्षतिपूर्ति पाउनुपर्ने,

विगतका यूद्धहरुमा जो घाईते भए क्षतिपूर्ति र पेन्शन पाउनुपर्ने, अवकास प्राप्त सिपाहिहरु नेपालमा बस्दा उनिहरुको पेन्शन पाउण्डमा पाउनु पर्ने जस्ता मागहरु थिए ।सन २०१३ बाट सन २०२१ सम्म आई पुग्दा मागहरु एकदम थोरै आंशिक रुपमा पुरा गरे जस्तो मात्र गरे पछि तथा ब्रिटिस सरकारको संसदीय अनुसन्धान समुहले भने जस्तो काम नगरे पछि पुनः आमरण अनशन बस्नुपर्ने बाध्यता आएको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञान राज राईले जानकारी दिए । पहिलो चरण २४ घण्टाको रिले अनशन १८ दिनको लागी सुरु गरेर सरकारलाई दवाव दिने, यति गर्दा पनि सरकारले सुनेन भने आमरण अनशन सुरु गर्ने योजना अनुसार यहि ७ अगष्ट बाट ज्ञान राज राई लगायत धन बहादुर गुरुङ र पुस्पा राना घले आमरण अनशन बस्ने भएका छन । बेलायत सरकार र नेपाल सरकारको उच्चस्तरिय वार्ता कमिटी गठन र वार्तागर्ने मिती तोकिएपछि मात्र आमरण अनशन तोड्ने पनि राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर