खुशीको खबर , सरकारद्धारा कोरोना विरुद्धको खोप लगाउन १ हजार ४३३ केन्द्र थप — OSNepal

खुशीको खबर , सरकारद्धारा कोरोना विरुद्धको खोप लगाउन १ हजार ४३३ केन्द्र थप

LC (KTM) August 06, 2021 0

कोरोना संक्रमण बढिरहेका बेला सरकारले खोप लाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाईरहेको छ । यसैक्रममा सरकारले कोरोना विरुद्धको खोप लगाउन १ हजार ४३३ केन्द्र थप गर्ने निर्णय गरेको छ।

खोप अभियानलाई एकदमै ब्यवस्थित र पारदर्शि बनाउनका लागि केन्द्रहरु थप गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत १४ माघदेखि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाएर अभियान सुरु गरेको थियो।

त्यस यता बिभिन्न चरणमा खोप लगाईरहेको छ । खोपकै लागि भनेर खोप अभियानको सञ्चालनका लागि गत २९ असारमा २ हजार ९८९ केन्द्रहरू थपिएका थिए। हाल १ हजार ४३३ खोप केन्द्र थप गरेर ४ हजार ४२२ पुर्‍याइएको मन्त्रालयले जनाएको छ।

सरकारले पहिलो चरणमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा खोप अभियान सञ्चालन गरेको थियो। अहिले भने बाँकी चार प्रदेशहरूमा पनि खोप अभियान सुरु गरिएको छ। कोभि शिल्ड, भेरोसेल जोनसन एण्ड जोनसन, एस्ट्रोजन लगायतका खोपहरु सरकारले बिभिन्न चरणमा गरेर लगाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर