‘समाजलाई असल बाटोमा डो-याउन गुणस्तरीय शिक्षा आवश्यक’ : उपप्रधानमन्त्री सिंह — OSNepal

‘समाजलाई असल बाटोमा डो-याउन गुणस्तरीय शिक्षा आवश्यक’ : उपप्रधानमन्त्री सिंह

LC (KTM) March 26, 2025 0

काठमाडौँ, १३ चैतः उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डो-याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

आज नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विसं २००७ सालको क्रान्तिपछि आएकाले अब समयाअनुकूल शिक्षा दिन सक्नुपर्ने धारणा राख्नुभयो । हाल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपुर्ण हुने उहाँकोभ भनाइ छ ।

कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरुले शिक्षा विधेयकमाथि स्थानीय तहहरुका धारणा र सुझाव राख्नुभएको थियो । विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव शिक्षा विधेयकमा समेट्न विमर्श कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर