काठमाडौं, १२ चैत २०८१ – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
घटनाको विवरणअनुसार, २०८१ साल चैत १० गते बिहान करिब ६:३० बजे भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा बस्दै आएका ६५ वर्षीय ओमप्रकाश राईको हत्या भएको थियो। घटनापछि फरार रहेका मुख्य अभियुक्त, रोल्पा परिवर्तन गाउँपालिका–३ इरिवाङ घर भई हाल कागेश्वरी नगरपालिका–६ मुलपानी पाटिटार बस्दै आएका ५७ वर्षीय हिमाल बुढामगरलाई प्रहरीले विशेष सूचनाको आधारमा चैत ११ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उनलाई कागेश्वरी मनोहरा–६ मुलपानी क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ।
पक्राउ परेका व्यक्ति:
• नाम: हिमाल बुढामगर
• उमेर: ५७ वर्ष
• ठेगाना: रोल्पा, परिवर्तन गाउँपालिका–३, इरिवाङ
यस घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन्।
सूचना अधिकारी:
काजी कुमार आचार्य (प्रहरी उपरीक्षक)
सम्पर्क: ९८५१२८१२०१
ईमेल: mpcdspokesperson@gmail.com