अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट — OSNepal

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

LC (KTM) March 25, 2025 0

काठमाडौँ, १२ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दिवङ्गत नेता अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थी राजनीतिबाट मुलुकको राजनीति तथा कम्युनिष्ट आन्दोलनको विकास क्रममा कोइरालाले ठूलो योगदान पु¥याएको भन्दै स्मरण गर्नुभयो । पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह—इञ्चार्जको जिम्मेवारीमा रहनुभएका कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

सरल स्वभावका सादगी नेता कोइरालाको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउँदै अध्यक्ष नेपालले पार्टीले उहाँको निष्ठा र आदर्शलाई अनुकरण गर्ने उल्लेख गर्नुभयो । यसैबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा श्रद्धाञ्जलीका निम्ति राखिएको कोइरालाको पार्थिव शरीरमा अध्यक्ष नेपालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कार्यक्रममा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गर्नुभयो । कोइरालाको मष्तिस्कघातका कारण उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा सोमबार निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर