राप्रपा नेता शाहीको देउवालाई चेतावनी: ‘आफ्नो कुकर्मको प्रायश्चित गर्नुहोस्’ — OSNepal

राप्रपा नेता शाहीको देउवालाई चेतावनी: ‘आफ्नो कुकर्मको प्रायश्चित गर्नुहोस्’

Kesh Karki (USA) March 25, 2025 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य धनसुर शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजाका बारेमा अनावश्यक टिप्पणी र चिन्ता गर्नुभन्दा जीवनको उत्तरार्धमा आफ्नो कुकर्म प्रायश्चित गर्न सुझाव दिएका छन्।

‘राजा राजा नै हुन्छन्, राजाले दलीय राजनीति गर्दैनन्। राजसंस्था वंशजको परम्परा हो, चेतना भया,’ राप्रपा नेता शाहीले सामाजिक सञ्जालमा भने।

जहाँसम्म राजा फर्काउन लागेको राप्रपाले दुःख पाउँछ भन्ने देउवाको चिन्ता छ भन्दै शाहीले भने, ‘देउवाजी, राप्रपाको चिन्ता लिनु पर्दैन। बरु तपाईंहरूको कुकर्मले गर्दा तपाईंहरू झेलखाना जाने निश्चित छ। यसमा हामीले “विचरा” भन्नु सिवाय अर्को विकल्प छैन। राप्रपाको अध्यक्ष राप्रपाकै महाधिवेशन प्रतिनिधिबाट चुनिन्छ। यो श्रृंखला चलिरहन्छ।’

संवैधानिक राजाका रूपमा रहने स्वभाव र चरित्र राजा ज्ञानेन्द्रको नभएको भन्ने जहाँसम्म पूर्वप्रधानमन्त्री देउवाको भनाइ छ, सो कुण्ठा र पूर्वाग्रहले भरिएको छ।

‘म भ्रष्ट शेरबहादुर देउवा, मैले नै आतंककारी घोषणा गरेर टाउकोको मूल्य तोकेको, ५००० नेपाली नागरिकको हत्या गरेको स्वीकार गरी सार्वजनिक भाषण गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गिरिबन्धु टी स्टेट घोटालाको आरोपित नाइके, हालका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई जेल हाल्ने शक्तिशाली राजा हुन्छन्,’ भन्ने किसिमको बेतुकको त्रास, मनोविज्ञान र पूर्वाग्रह देउवाको भनाइमा झल्किएको शाहीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर