मार्च २४, २०२५ – एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी चाङआन अटोमोबाइलले जर्मनीमा “शेयरिङ द फ्युचर” थिमअन्तर्गत युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू CHANGAN, DEEPAL, र AVATR आधिकारिक रूपमा सुरु गरेको छ। यो माइलस्टोन चाङआनको “भास्ट ओसन प्लान” अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने नयाँ चरण हो।
अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री, र सञ्चालनमा फैलिएको पूर्ण रूपमा एकीकृत युरोपेली इकोसिस्टमको साथ, चाङआनले स्थानीय प्रतिभामा लगानी गर्दै क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरिरहेको छ। इन्टेलिजेन्ट र दिगो मोबिलिटीको भविष्यलाई अगाडि बढाउँदै, युरोपेली उपभोक्ताहरूसँगको सम्बन्धलाई गहिरो बनाउन चाङआन प्रतिबद्ध छ।
कार्यक्रममा चाङआनले CHANGAN E07 र DEEPAL S05 सँगै युरोपेली डेब्यूका रूपमा DEEPAL S07 पनि प्रदर्शन गर्यो, जसको लन्च आगामी चरणका लागि तय गरिएको छ। बुद्धिमत्ता र विद्युतीकरणमा अत्याधुनिक प्रविधिहरूका साथ, चाङआनले युरोपका लागि उच्च-प्रदर्शन विद्युतीय सवारीसाधनहरूको माग पूरा गरिरहेको छ।
छ देश र दस स्थानहरूमा फैलिएको R&D प्रणाली द्वारा सञ्चालित चाङआनको प्राविधिक नवप्रवर्तन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ। यसमा ३१ देश र क्षेत्रहरूबाट आएका १८,००० भन्दा बढी R&D कर्मचारीहरू कार्यरत छन्। चाङआनसँग १६ प्रविधि अनुसन्धान तथा उत्पादन विकास केन्द्रहरू, १७ प्रविधि कम्पनीहरू, र १८० प्रयोगशालाहरू (राष्ट्रिय स्तरका प्रयोगशालाहरू सहित) छन्, जसले यसलाई युरोपेली ईभी बजारको प्रमुख खेलाडीका रूपमा उभ्याउँछ।
युरोपेली सुरुवातको एक हिस्साका रूपमा, चाङआनले नर्वे, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, र बेलायत जस्ता प्रमुख ईभी बजारहरूमा केन्द्रित गर्दै बजार प्रवेशको औपचारिक रणनीति अपनाएको छ। सन् २०२८ सम्ममा, कम्पनीले सबै प्रमुख युरोपेली बजारहरूमा उपस्थिति जनाउने योजना बनाएको छ। नेदरल्यान्ड्समा अवस्थित युरोपियन मुख्यालय व्यापार सञ्चालनको केन्द्रका रूपमा काम गर्नेछ, भने जर्मनीको म्युनिख मा बिक्री कम्पनीहरूको मुख्यालय स्थापना गरिएको छ।
हाल युरोपभरि करिब ५०० कर्मचारीहरू कार्यरत छन्, जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर र इन्जिनियरहरू पनि समावेश छन्। नवप्रवर्तन र बजार संलग्नतालाई अघि बढाउन आफ्नो स्थानीय प्रतिभा पूल विस्तार गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ।
चाङआन अटोमोबाइलका अध्यक्ष झु हुआरोङ भन्छन्—
“जर्मनीमा आउन पाउँदा हामीलाई खुशी लागेको छ। चाङआन एक खुला र सहयोगी कम्पनी हो, जुन दिगो गतिशीलताको नेतृत्व गर्ने र मानव जीवनलाई फाइदा पुर्याउने स्पष्ट लक्ष्यद्वारा संचालित छ।”
“हामीले यस वर्ष विश्वव्यापी रूपमा तीन लाख युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं, जसमा दस लाख विद्युतीकृत सवारीसाधनहरू हुनेछन्। सन् २०३० सम्ममा, प्रति वर्ष पाँच लाख सवारीसाधन डेलिभर गर्ने लक्ष्य छ, जसमा तीस लाख विद्युतीकृत हुनेछन्। यससँगै, हामी नवप्रवर्तनलाई निरन्तर अघि बढाइरहनेछौं।” झुले थपे।
चाङआन अटोमोबाइलले टेक-ड्राइभन इनोभेसन, इन्टेलिजेन्ट निर्माण, र दिगो विकास लाई केन्द्रमा राखेर आफ्नो विश्वव्यापीकरणलाई तीव्र पार्दै विश्वस्तरीय अटो ब्रान्ड निर्माण गर्ने लक्ष्य राखेको छ। युरोपमा यो ब्रान्डको सुरुवात चाङआनको विश्वव्यापी उपस्थितिको महत्वपूर्ण चरण हो, जसले अर्को विकासको संकेत गर्दछ।
चाङआन अटोमोबाइलको बारेमा
चाङआन अटोमोबाइल एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी हो। यसमा ३१ देशका ९१५ भन्दा बढी विशेषज्ञहरू, CHANGAN, DEEPAL, र AVATR जस्ता प्रमुख ब्रान्डहरू, साथै चाङआन फोर्ड, चाङआन माज्दा, र जेएमसी जस्ता संयुक्त उद्यमहरू छन्।
चाङआनको बलियो उत्पादन फैलावट र विविधता छ, जसमा यात्रुवाहक सवारीसाधन, पिकअप, र हल्का व्यावसायिक सवारीसाधनहरू समावेश छन्। प्रविधि नवप्रवर्तनद्वारा संचालित बलियो क्षमता र औद्योगिक स्तरोन्नति को साथ चाङआन अटोमोबाइल विश्वस्तरीय अटो ब्रान्ड बन्ने बाटोमा छ।