विद्युतीय कारोबार ऐन अन्तर्गत अनधिकृत हवाई टिकट बिक्रीमा संलग्न दुई जना पक्राउ — OSNepal

विद्युतीय कारोबार ऐन अन्तर्गत अनधिकृत हवाई टिकट बिक्रीमा संलग्न दुई जना पक्राउ

Kesh Karki (USA) March 25, 2025 0

काठमाडौं – विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गत अनधिकृत रुपमा हवाई टिकट खरिद–बिक्री गरी अवैध लाभ लिने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बुद्ध एयर प्रा.लि. को हवाई टिकट खरिद–बिक्रीका लागि विकसित अनलाइन सफ्टवेयर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई गैरकानुनी रूपमा विभिन्न हवाई टिकटहरू बनाई बेच्ने कार्यमा संलग्न रहेका बिकाश भारती र बाबुराम अधिकारी लाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरू

१. बिकाश भारती (४५ वर्ष) – मोरङ, रंगेली नगरपालिका वडा नं. ७, हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ९।

२. बाबुराम अधिकारी (३७ वर्ष) – गोरखा, अजिरकोट गाउँपालिका वडा नं. ३, हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ४।

पक्राउ प्रक्रिया

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१० गते काठमाडौँ महानगरपालिका वडा नं. ९ स्थित गौशाला बत्तिसपुतली क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

सूचना अधिकारी

काजी कुमार आचार्य

(प्रहरी उपरीक्षक)

सम्पर्क नं. : ९८५१२८१२०१

मिति : २०८१।१२।११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर