काठमाडौँ, ११ चैतः नेसनल किक बक्सिङ ऐसोसिएसन नेपालले वाको किकबक्सिङ वल्र्ड कपमा सहभागिताका लागि पाँच खेलाडी छनोट गरेको छ ।
दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट चार पुरुष र एक महिला खेलाडी छनोट गरेको सङ्घले जनाएको छ ।
पुरुष ५७ केजीमुनि सुदूरपश्चिम प्रदेशका आसिक कोली, ६७ केजीमुनि बागमती प्रदेशका सागर दर्जी, ६९ केजीमुनि बागमतीका सुनिम श्रेष्ठ र ७१ केजीमुनि बागमतीका कोशिस श्रेष्ठ छानिए । महिला ५१ केजीमुनि बागमतीकी सन्जु सुम्बा तामाङ सहभागी हुने छिन् ।
थाइल्यान्डमा हुने प्रतियोगिताका लागि खेलाडीको बन्द प्रशिक्षण चैत १२ गतेदेखि सुरु हुने सङ्ले जनाएको छ ।