सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच? — OSNepal

सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच?

LC (KTM) March 24, 2025 0

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर