गैर भन्सार मोबाईलसहित एक व्यक्ति पक्राउ — OSNepal

गैर भन्सार मोबाईलसहित एक व्यक्ति पक्राउ

Kesh Karki (USA) March 24, 2025 0

काठमाडौं, २०८१ चैत १० – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, काठमाडौंले गैर भन्सार मोबाइल विक्री तथा वितरणमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२२, न्युरोड पाकोस्थितबाट २९ वर्षीय मोहमद शाकिव खानलाई विभिन्न कम्पनीका गैर भन्सार मोबाइलसहित पक्राउ गरेको हो। खानको स्थायी ठेगाना भारत, बिहार राज्यको सितामढी टोल भए पनि उनी हाल काठमाडौं महानगरपालिका–६, ग्राण्डीमा बसोबास गर्दै आएका थिए।

पक्राउ परेका व्यक्तिसँग निम्न मोबाइल फोनहरू बरामद गरिएको छः

• iPhone – १९ थान

• Samsung A15 – १ थान

• OnePlus – २ थान

• Narzo 60X – १ थान

• Oppo A79 – १ थान

• Google AXL – १ थान

• Huawei E40 – १ थान

• Infinix 5G – १ थान

• Vivo – १ थान

• Motorola – १ थान

बरामद सामग्रीसहित पक्राउ परेका खानलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौं पठाइएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले यस घटनाबारे जानकारी दिँदै गैर भन्सार सामग्रीको अवैध व्यापारमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याइने बताएका छन्।

सूचना अधिकारी:

प्रहरी उपरीक्षक काजी कुमार आचार्य

सम्पर्क नम्बर: ९८५१२८१२०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर